श्री यामलाल कंडेल
माननीय मुख्यमन्त्री
कार्यान्वयनका लागि छनौट भएका आयोजनाहरूको सूची

मुख्यमन्त्री रोजगार कार्यक्रम


आर्थिक वर्ष २०७५/०७६ देखी कर्णाली प्रदेशका बेरोजगार तथा कोभिड(ज्ञढ बाट प्रभावित युवालाई स्थानीयस्तरमा रोजगारी सृजना गर्न, आयआर्जनका क्रियाकलाप सञ्‍चालन गर्न र सामूदायिक पूर्वाधार निर्माण कार्यमा संलग्न गराई गरिबी निवारणमा योगदान पुर्‍याउन कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्‍चालन गरिरहेको छ।

कार्यक्रमको उद्देश्यः

(क) स्थानीय स्तरमा रहेका जनशक्तिलाई पूर्वाधार निर्माणमा सहभागि गराई सहभागितामूलक विकासको अवधारणालाई प्रवद्धन गर्ने,
(ख) उत्पादनशील जनशक्तिको विकास गरी श्रम बजारमा पहुँच बृद्धि गर्ने,
(ग) आर्थिक र सामाजिक उन्नतीमा सघाउ पुर्‍याउने दिगो भौतिक पूर्वाधारहरुको निर्माण तथा विस्तार गर्ने,
(घ) बेरोजगार जनशक्तिलाई बहुआयामिक ढंगबाट पहिचान तथा उपयोग गरी आर्थिक सामाजिक विकासमा टेवा पुर्‍याउने।

कार्यक्रमको रणनीतिः

(क) स्थानीय तहको गरिबी तथा जोखिमताको अवस्था, बेरोजगारको संख्या, दुर्गमता र स्थानीय विकासको आवश्यकताहरु अनुसार वार्षिक बजेट तथा क्रियाकलापहरु निर्धारण गर्ने।
(ख) समान उद्देश्य रहेका कार्यक्रम तथा क्रियाकलापहरुमा दोहोरो नपर्ने गरी सरकारी, गैरसरकारी र विकास साझेदारका कार्यक्रम तथा क्रियाकलापहरुमा संयोजन र साझेदारी गर्ने।
(ग) सम्भावना र आवश्यकताका आधारमा एक भन्दा बढि स्थानीय तहहरु सहभागी हुने गरी रोजगारमूलक साझा कार्यक्रम वा आयोजना कार्यान्वयन गर्न सकिने।
(घ) स्थानीय माग र आवश्यकताको अन्तर विश्लेषण गरी सीप तथा क्षमता विकासका क्रियाकलापहरु सञ्चालन गर्ने। यस्ता कार्यक्रम सञ्चालन गर्दा तुरुन्तै स्वरोजगार वा रोजगारीमा संलग्न हुन सक्ने कार्यक्रम तथा क्रियाकलाप समावेस गर्ने।
(ङ) पूर्वाधार निर्माण गर्दा श्रममूलक प्रविधिको प्रयोग तथा वातावरण मैत्री हुनु पर्ने।

कार्यनीतिहरुः

(क) मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न स्थानीय तहको प्राविधिक र व्यवस्थापकिय क्षमता अभिबृद्धि गरिने,
(ख) सामाजिक संरक्षणको सिद्धान्त अनुरुप श्रमिकलाई ज्यालाको निश्चित हिस्सा नियमित, समयोचित र निश्चित समयमा भुक्तानी हुने गरी नगदको हस्तान्तरण गरिने,
(ग) सम्पादित कार्यको परिणामहरुको मुल्याङ्कन पश्चात मात्रै अन्तिम भुक्तानीको व्यवस्था गरिने,
(घ) श्रमिकको ज्याला अनिवार्य रुपमा बैंक मार्फत भुक्तानी गरिने,
(ङ) श्रममूलक प्रविधिको प्रयोग र प्रवर्धन गरिने,
(च) प्रदेशको प्राथमिकताका क्षेत्रहरुमा कार्यक्रमको श्रोत र साधनहरुको परिचालन गरिने, र
(छ) स्थानीय तहबाट श्रोतको साझेदारी हुने गरी सञ्चालनका लागि माग भएमा कार्यक्रमलाई क्रमशः विस्तार गर्दै लगिने ।

कार्यक्रमको क्षेत्रः

(क) सामूहिक तथा व्यक्तिगत फलफूल तथा तरकारी खेती, जडिबुटी खेती तथा प्रसोधन, नगदेवाली आदी स्वरोजगारमूलक क्रियाकलाप,
(ख) सिंचाई कुलो निर्माण तथा मर्मत, गह्रा सुधार लयायतका उत्पादन तथा उत्पादनशिलता अभिबृद्धि गर्ने क्रियाकलापहरु,
(ग) गरिव तथा विपन्न वस्तीहरुमा सडक, खानेपानी लगायतका भौतिक पूर्वाधारहरुको विकास ।
(घ) युवा तथा शैक्षिक बेरोजगारहरुले सीप विकास तालिम पश्चात तुरुन्तै रोजगारमूलक तथा स्वरोजगारमूक क्रियाकलापमा संलग्न हुन सक्ने क्रियाकलापहरु ।
(ङ) जोखिममा रहेका वस्तीहरुको स्थानान्तरण तथा निर्माणमा श्रम साझेदारी
(च) मानव सिर्जित तथा प्राकृतिक विपद आदीबाट सुरक्षाका लागि आवश्यक पर्ने नदी नियन्त्रण तथा बृक्षारोपणका कार्यहरु,
(छ) भु तथा जलाधार संरक्षणका क्रियाकलापहरु,
(ज) प्रदेशको जनता सडकबाट वस्ती जोड्ने कृषि सडक तथा पदमार्ग,
(झ) पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्धन,
(ञ) प्रदेश सरकार तथा स्थानीय सरकारले प्राथमिकतामा राखेका क्षेत्रहरु ।

आयोजना छनौटका सिद्धान्तहरुः

(क) अधिकतम रोजगारी दिन सक्ने आयोजना तथा कार्यक्रमहरु,
(ख) गरिब तथा जोखिममा रहेका घरपरिवारलाई प्रत्यक्ष लाभ दिने,
(गं) दीर्घकालिन प्रयोग र प्रत्यक्ष उपयोग हुने सामुदायिक पूर्वाधार,
(घ) सामाजिक र आर्थिक उन्नतीसंग प्रत्यक्ष सम्बन्ध राख्ने व्यक्तिगत र सामाजिक पूर्वाधार,
(ङ) प्राकृतिक श्रोत र साधनहरुको संरक्षण र उपयोग हुने,
(च) प्राकृतिक प्रकोप नियन्त्रण तथा जलाधार संरक्षण हुनु पर्ने, र
(छ) प्रदेश सरकारले प्राथमिकतामा राखेको आयोजना ।

कार्यक्रमको क्षेत्रः कार्यक्रम अन्तर्गत देहायका क्षेत्रका आयोजना सञ्‍चालन गरिनेछः

१. सडक
२. सिंचाई
३. खानेपानी
४. नदी वा जल उत्पन्‍न प्रकोप नियन्त्रण
५. ताल तलैया, जलाशय निर्माण तथा संरक्षण
६. खेल मैदान
७. विद्यालय भवन
८. कृषि पूर्वाधार (सडक, सिँचाई, सामूहिक भवन, सामूहिक तथा सहकारी खेती समेत)
९. स्वास्थ्य भवन